हार्दिक आभार

गैर आवासिय नेपाली संघको यही असोज २८ देखि ३१ गतेसम्म काठमाडौमा भएको आठौ विश्वसम्मेलनबाट मलाई अत्याधिक मत सहित अन्तराष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्ष पदमा विजयी गराउन सन्सारभरीबाट आउनुभएका सम्पूर्ण एनआरएनए प्रतिनिधिहरु तथा विभिन्न तवर र तत्काबाट सहयोग गर्नुहुने स्वदेश तथा विदेशका शुभेच्छुक, समर्थक, अग्रज, गैर आवासिय नेपालीसंघका अभियान्ता तथा सञ्चारकर्मी मित्रहरुप्रति प्रकट गर्दै नव निर्वाचित अध्यक्ष भवन भट्ट सहित सम्पूर्ण विजयी टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । निर्वाचनमा भागलिने सम्पूर्ण उम्मेदवारहरुप्रति सम्मान प्रकट गर्दै सफलतापुर्वक निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग तथा सचिवालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । निर्वाचन स्वभाविक प्रक्रिया हो गैर आवासिय नेपाली संघ एउटा अभियान यसमा कसैको हार हुँदैन । त्यसैले सबै एनआरएनहरु एकबद्ध भएर संस्थालाई अघि बढाउन पर्दछ । संस्थागत विकास र लक्ष्य प्राप्त गर्न सबै मिलेर अघि बढ्ने प्रतिबद्धता सहित पुन धन्यवाद व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *