सापकोटालाई मानार्थ जनसम्पर्क प्रतिनिधि नियुक्त

नेपाल पर्यटन बोर्डले डेनमार्कवासी एनआरएनए आइसीसी सदस्य सोम सापकोटालाई मानार्थ जनसम्पर्क प्रतिनिधि नियुक्त गरेको छ । बोर्डले फेब्रुअरी २५, २०१६ देखि लागू हुने गरि दुई वर्षका लागि प्रतिनिधि नियुक्त गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेको उनको नियुक्ति पत्रमा सापकोटाले डेनमार्कबाट नेपालको पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

नियुक्तिसंगै उनले बोर्डको प्रतिनिधित्व गर्दै डेनमार्कस्थित नेपाली दूतावास, टुर अपरेटर्स, मिडिया, कुटनीतिक एजेन्सी, अन्य संघसंस्था र नेपाल भ्रमण गर्न इच्छुकहरुसंग निकट सम्पर्कमा रहि काम गर्नुपर्ने जिम्मेवारी आएको छ । सापकोटाले आफ्नो लेटरहेड र भिजिटिंग कार्डमा बोर्डको लोगो प्रयोग गर्न पाउनेछन् भने बोर्डले सापकोटालाई पर्यटन प्रवर्धनका लागि विभिन्न सामाग्री, प्रेस विज्ञप्ति र समाचार अपडेटहरु उपलव्ध गराउने छ । सापकोटाले नियमित रुपमा प्रगति विवरण समेत पेश गर्नुपर्नेछ । यसैबीच, गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सापकोटा बोर्डको मानार्थ प्रतिनिधि नियुक्ति भएकोमा वधाइ दिंदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । मार्च १ तारिखका दिन एक बधाई सन्देश दिंदै घलेले सापकोटालाई बोर्डको अपेक्षा अनुरुप पर्यटन प्रवर्धन कार्यमा उपलव्धि हासिल गर्ने अपेक्षा गरेका छन् । घलेको बधाइ सन्देशमा गैर आवासीय नेपाली संघले विश्वव्यापी रुपमा नेपालको पर्यटन प्रवर्धनका लागि काम गरिरहेको उल्लेख छ । image

Leave a Reply

Your email address will not be published. Required fields are marked *