डा. महतोद्धारा ५ करोडको अक्षय कोषको घोषणा

एनआरएनका स्थापक अध्यक्ष डा उपेन्द्र महतोले वैदेशिक रोजगारका सिलसिलामा दुर्घटनामा परी अपांग भइका ब्यक्तिका परिवारलाई सहयोग गर्ने उद्देश्यले ५ करोड रुपयिको अक्षय कोष घोषणा गरेका छन ।
उक्त घोषणा आज सम्पन्न एनआरएन छौटौ क्षेत्रिय सम्मेलनद्धारा जारी घोषणापत्र मार्फत गरिएको हो । घोषणापत्रको दोस्रो बुद्धामा भनिएको छ , वैदेशिक रोजगारको सिलसिलामा दुर्घटनामा परी अपांग भएका व्यक्तिका परिवारको कुनै एक सदस्यको सिप वृद्धि गर्न सहयोग गर्ने उदेश्यले फूलकुमारी महतो मेमोरियल ट्रष्टका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा उपेन्द्र महतोद्धारा ५ करोड रुपैयाको अक्षय कोष खडा गर्ने घोषणाको उच्च प्रशंसा गर्दै उक्त कोष वृद्धिमा योगदान गर्न यो सम्मेलन सम्पूर्ण गैर आवासीय नेपाली समुदायलाई हार्दिक आहृवान गर्दछ उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *