एनआरएनको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौं महिला सम्मेलन जुन ७ र ८ मा स्पेनको वार्सिलोनामा

NRN-299x300एनआरएनको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौं महिला सम्मेलन यहि जुन महिनाको ७ र ८ मा स्पेनको वार्सिलोनामा आयोजना हुँदै छ । त्यसको लागि अधिकांश तयारि पूरा भएको आयोजकहरुले बताएका छन् । सधैं झै यस पटकपनि गैह्र आवाशिय नेपाली संघ (एन आर एन) ले उठाउँदै आएका मुख्य मुद्दा दोहोरो नागरिकता, युवाहरुको शसक्तिकरण, च्यारिटी कार्यक्रम र स्वदेशमा लगानी तथा गैह्र् आवाशिय नेपालीले बिदेशमा सिकेका सिपलाई नेपालमा कसरि हस्तानतरण गर्ने भन्नेमा केन्द्रित रहने गैह्र आवाशिय नेपाली संघका युरोप उपसंयोजक सोम सापकोटाले नेपालप्लसलाई जानकारि दिए ।

गैह्र आवाशिय नेपाली संघ गठन भएको एक दशकपछि यसलाई नेपाल सरकारले बिधिवत रुपमा दर्ता गरि मान्यता दिएकालेपनि यो वर्षको युरोपेली भेला विशेष हुने बताइएको छ । ‘हामी प्रवाशी नेपालीहरुमा यो वर्ष विशेष उमंग र जिम्मेवारीबोध भएको छ । एन आर एनलाई बिधिवत रुपमा नेपाल सरकारले मान्यता दिएकालेपनि हामीलाई अब स्वदेशको लागि केहि गर्नुपर्छ भन्ने थप जिम्मेवारी महसुस हुनुकासाथै संघले मान्यता पाएकामा हर्षोल्लासपनि छ । त्यसैले यो वर्षको भेला विशेष कार्यक्रम र उमंगकासाथ गर्ने तयारीमा छौं” सोम सापकोटाले भने ।

युरोपका राष्ट्रिय समन्यव परिषदका बिचको एकता र गैह्र आवाशिय नेपालीका पछिल्लो पिढी वा युवा वर्गलाई कसरि नेपाल र नेपालीसित निकट राख्ने, आफ्नो भाषा र संस्क्रितिमा एकाकार गराउने र तिनले सिकेको सिपलाई नेपालमा कसरि पुर्‍याउने भन्नेमा यस पटक विशेष छलफल हुँदै छ । यो पटकदेखि विशेष मुद्दाका रुपमा उठाइने छ । त्यसैगरि, एन आर एन वालाहरुले चर्को गफ दिन्छन् । हावादारी योजना सुनाउँछन् । तारे होटेलमा सभा र सम्मेलन गरेर फुर्ति देखाउने, नचाहिँदो तडकभडक र अनावश्यक खर्च गर्ने तर स्वदेशकालागि केहि गर्दैनन् भन्ने गुनासो लामो समयदेखि आइरहेको छ । त्यस्ता गुनासाहरुलाई मनन् गर्दै यो वर्षकोको भेलामा सकेसम्म न्युन रकम खर्च गर्ने र अनावश्यक र मिल्नेसम्मको सबै खर्च कटाएर बचेको रकमले नेपालमा कुनै सामाजिक कार्य गरेर देखाउने योजना रहेकोपनि उपसंयोजक सापकोटाले जानकारि दिए ।

गैह्र आवाशिय नेपालीहरुले उठाउँदै आएका मुद्दाहरु जस्तै- दोहोरो नागरिकताको निरन्तरता, च्यारिटी कार्यक्रम, सामूहिक लगानी, प्रवाशी नेपालीहरुको सिप स्वदेशमा हस्तान्तरणका बारेमा समाधानका उपाय केके हुन सक्छन् भन्ने विषयमापनि ब्यापक छलफल गरेर निश्कर्ष निकाल्ने तयारि आयोजकहरुले गरेका छन् ।

अघिल्ला पटक झैं यो वर्षपनि विशेष रुपमा उठ्न लागेको अर्को मुद्दा हो, सुरक्षित आप्रवाश । बिना सिप, भाषा र आफू जाने मुलुकको संस्क्रिति र पद्दती नबुझिकनै कामको खोजिमा बिदेश जाँदा अनेक समस्यामा पर्ने गरेका छन् नेपालीहरु । त्यसैगरि सरकारले बिभिन्न देशसित श्रम संझौता गरेको छ । यो भेलामा संघले नेपालीहरुलाई सुरक्षित आप्रवाश कसरि गराउने र कसरि भएको श्रम सम्झौता लागू गराउने भन्ने विषयमा गम्भिरतकासाथ छलफल गर्ने छ । त्यसैगरि एन आर एनकै नाममा रक्तदान राखिएको छ । यो पटकको लागि यो नयाँ कार्यक्रम हो । स्थानिय होटेलमै रकहिएको छ ।

भेला सफल पार्न होटेल ब्यवस्थापन समिति, विमानस्थल र स्वागत समिति, दर्ता र भिसाकालागि आबेदन सहयोग समिति लगायतका समितिहरुले आआफ्नो जिम्मेवारी झण्डै पुरा गरिसकेकोपनि सोम सापकोटाले बताए । यसमा भाग लिनको लागि नेपालबाट परराष्ट्र मन्त्री,परराष्ट्र सचिव, माथिल्लो स्तरका उध्योगी र ब्यापारीहरुलाई आमन्त्रण गरिसकिएको छ । २५० जना निम्तालुहरुलाई पत्र पठाइएको छ । युरोपका (युरोपी परिषदभित्र पर्ने) २७ वटै देशका गैह्र आवाशिय संघका अध्यक्ष, केन्द्रिय सदस्य, पूर्व केन्द्रिय अध्यक्षहरु, संरक्षकहरु लगायत अभियन्तालगायत अन्य माथिल्लो तहका ब्यक्तिहरुको उपस्थिति रहने छ । त्यसको साथै पाँचौं महिला सम्मेलनपनि युरोपेली भेलामै सम्पन्न गरिने छ ।copy nepalplus.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *