एनआरएनए सहकोषादध्यक्ष सापकोटा सद्भावना दुतमा मनोनित


(अनिल भट्टराई) कात्तिक ५ कालिका ।
चितवन युवा समुहले गैरआवसीय नेपाली सघं (एनआरएनए)मा नव निर्वाचित सहकोषादध्यक्ष सोम सापकोटालाई सद्भावना दुतमा मनोनित गरेको छ । युवा समुह अत्तराष्ट्रिय समन्वय समिति चितवनले चितवन निवासी सापकोटालाई सम्मान सहित सद्भावना दुतमा मनोनित गरेको हो । आईतवार भरतपुरको चौविसकोठीमा कात्तिक १ र २ गते भएको चौथो साधारणसभा एवम् दोस्रो विश्व सम्मेलनको जानकारी समेत दिईएको छ ।

सोही कार्यक्रममा एनआरएनए नव निर्वाचित सहकोषादध्यक्ष सापकोटाले नवनिर्वाचित युवा समुहका कार्यसमिति सदस्यहरुलाई पनि बधाई ज्ञापन गर्नुभएको थियो ।२०६९ सालका स्थापना भएको समुहले विगतदेखि गरेका सामाजिक कार्यहरुको समेत जानकारी दिईएको थियो । भर्खरै साधारण सभा र अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई समुहका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो ।

चितवनबाट छरिएर रहेका युवाहरुलाई समेट्ने गरि अघि बढेको सस्थांले आगामी दिनहरु गर्ने भावि कार्यक्रम समेत सार्वजनिक गरेको छ । विशेष गरि गरिव जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने, परोपकारी कोष स्थापना गर्ने, जनस्वाथ्य शिविर सञ्चालन, कृषि क्षेत्रमा रोजगारको सिर्जना र बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई व्यवसायिक बनाउने योजना समुहले सार्वजनिक गरेको छ । समुहका सचिव गणेश ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *